एनएमबि बैंकको नाफा १ अर्ब ३७ करोड, यस्ताे छ प्रतिसेयर आम्दानी
७ माघ, काठमाडौं । एनएमबि बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले १ अर्ब ३७ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको हो । याे नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.६२ प्रतिशतले कमी हो । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ९० करोड ११ लाख रुपैयाँ नाफा कमाएको थियो ।
समिक्षा अवधिमा बैंककाे खुद ब्याज आम्दानी १२.३९ प्रतिशतले घटेर ३ अर्ब ७४ करोड २ लाख ४६ हजार रुपैयाँमा सीमित भएको छ । याे अवधिमा बैंककाे सञ्चालन नाफा पनि २८.०३ प्रतिशतले घटेर १ अर्ब ९५ करोड ६७ लाख ४७ हजार रुपैयाँमा आएको छ ।
याे अवधिमा बैंकको वितरणयोग्य नाफा ९९ करोड ४८ लाख रुपैयाँ ऋणात्मक देखिएको छ । हाल बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ छ भने जगेडा कोषमा १० अर्ब ५५ करोड ७३ लाख रुपैयाँ रहेकाे छ । पुस मसान्तसम्म आइपुग्दा बैंककाे प्रतिसेयर आम्दानी ५ रुपैयाँ ७२ पैसाले घटेर १४ रुपैयाँ ९८ पैसामा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ भने १५४ रुपैयाँ ९६ पैसा छ ।
प्रकाशित मिति : ७ माघ २०८०, आईतवार १०:१९