एभरेष्ट बैंकको नाफामा सुधार, वितरणयोग्य मुनाफा २ अर्ब ४० करोड
७ माघ, काठमाडाैँ । एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले १ अर्ब ७१ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिमा भन्दा ७.८८ प्रतिशतले धेरै हो । गत वर्ष यो बैंकले १ अर्ब ५८ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी भने १.२७ प्रतिशतले घटेर ३ अर्ब ६२ करोड रुपैयाँ कायम भएको छ । याे अवधिमा बैंककाे सञ्चालन नाफा २ अर्ब २६ करोडबाट बढेर २ अर्ब ४४ करोड पुगेको छ । सञ्चालन नाफा बढ्दा बैंकको खुद नाफा बढेको हो । समीक्षा अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ४० करोड रुपैयाँ रहेको छ ।
याे अवधिमा बैंककाे इम्पेयरमेन्ट चार्ज भने ३६ करोड ६६ लाखबाट बढेर ४३ करोड २३ लाख रुपैयाँ पुगेको छ । बैंकको खराब कर्जा दर ०.५५ प्रतिशत विन्दुबाट बढेर ०.७७ प्रतिशतमा पुगेको छ । हाल बैंककाे चुक्ता पुँजी ११ अर्ब ७६ करोड ७९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ११ अर्ब ४२ करोड रुपैयाँ जम्मा छ ।
याे अवधिमा बैंकको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ६७ पैसाले बढेर २९ रुपैयाँ १२ पैसा पुगेको छ । साथै, बैंककाे प्रतिसेयर नेटवर्थ २१९ रुपैयाँ ५७ पैसा रहेको छ ।
प्रकाशित मिति : ७ माघ २०८०, आईतवार ०९:४६