१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

लक्ष्मी सनराइज बैंकले शुरू गर्यो ‘ई–कमर्स अक्वायरिङ’ सेवा

५ माघ, काठमाडाैँ । लक्ष्मी सनराइज बैंकले ‘ई–कमर्स अक्वायरिङ गेटवे’ सेवा सञ्चालनमा ल्याएको छ । ​​​नेप्स र भिसाको सहायक संस्था साइबर सोर्ससँगको सहकार्यमा विकास गरिएको योसँगै नेप्स अन्तरर्गत ई(कमर्स अक्वायरिङ गर्ने लक्ष्मी सनराइज पहिलो बैंक बनेको छ ।

यस सेवाको संचालनपश्चात् अब लक्ष्मी सनराइज बैंकका व्यापारी ग्राहकमहानुभावहरूले ई–कमर्स प्लेटफर्ममार्फत अनलाइन भुक्तानी स्वीकार गर्न सक्नेछन् ।

ई–कमर्स अक्वायरिङ गेटवे व्यापारीवर्गहरूको निम्ति ग्राहकमार्फत भुक्तानी लिनको लागि सजिलो मध्यम हुन बैंकले जनाएको छ । उक्त प्लेटफर्मबाट व्यापारीहरूले विश्वव्यापीरुपमा अनलाइन कारोबार पनि स्वीकार गर्न सक्नेछन् भने उपभोक्ताहरूले भौतिक उपस्थितिको आवश्यकताविना छिटो र सहज रुपमा कार्डमार्फत अनलाइन भुक्तानी गर्न सक्नेछन् ।

यसले देशको ई–कमर्स कारोबार बढाउने विश्वास नेप्स र बैंकको रहेको छ । लक्ष्मी सनराइज बैंकले देशभर २६३ शाखा, २८ एक्स्टेन्सन काउन्टर , ३२८ एटीएम, १४१ शाखारहित बैंकिङ र ५,००० भन्दा बढी रेमिट्यान्स एजेन्टमार्फत आफ्नो सेवा प्रधान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार १७:३१