१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

स्वावलम्बन लघुवित्तको सेयर बिक्रीमा

५ माघ, काठमाडाैँ। स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखिएको छ । कम्पनीले संस्थापकको नाममा रहेको १४ हजार ७१० कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो ।

बिक्रीमा राखिएको सेयरमा संस्थाका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र काठमाडाैँकाे कमलपोखरीमा रहेको संस्थाको प्रधान कार्यालयमा खरिद गर्न चाहेको सेयर संख्या र दर उल्लेख गरी आवेदन दिनुपर्नेछ।

साथै, तोकिएको समयभित्र उक्त सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट कुनै खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार ११:५४