७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

बढ्यो सुनको भाउ, आज यस्तो छ कारोबार मूल्य

५ माघ, काठमाडौं । साताकाे अन्तिम काराेबारकाे दिन शुक्रबार सुनकाे मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजावी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन बिहीबार छापावाल सुन प्रतितोला १ लाख १७ हजार ५०० रुपैयाँ र तेजावी सुन १ लाख १६ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै  आज चाँदीको मूल्य ५ रुपैयाले बढेर प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार ११:२५