१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

माछापुच्छ्रे बैंकको नाफा २१.४५ प्रतिशतले घट्यो, वितरणयोग्य मुनाफा पनि ऋणात्मक

५ माघ, काठमाडाैँ । माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार चालु आवको ६ महिनामा बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ। चालु आवको पुस मसान्तसम्ममा बैंकले ८० करोड ५३ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.४५ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै बैंकको खुद नाफा घट्न पुगेको हो। समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि ५.५६ प्रतिशतले घटेर २ अर्ब ६३ करोड ७४ लाख रुपैयाँ कायम भएको छ ।

यस्तै सञ्चालन नाफा १३.१९ प्रतिशतले घटेर १ अर्ब २७ करोड ९२ लाख ३३ हजार रुपैयाँ रहेको छ । पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा २४ करोड ६९ लाख रुपैयाँ ऋणात्मक रहको छ । ११ अर्ब ६२ करोड १३ लाख ५७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब ४४ करोड २७ लाख १८ हजार रुपैयाँ रहेको छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको प्रतिसेयर १३ रुपैयाँ ८६ पैसा कायम भएकाे छ । प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा २.६२ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा १.४१ प्रतिशत रहेको थियो ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार १०:२१