२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

बाग्लुङमा दुर्गा प्रसाईंमाथि हातपात

४ माघ, काठमाडाैँ ।  बागलुङमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ। बिहीबार बागलुङ पुगेका प्रसाईंमाथि हातपात भएकाे हाे ।

प्रसाईंमाथि हातपात गर्ने बागलुङ नगरपालिका-७ का ३७ वर्षीय रामकान्त गौतमलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी मदन केसीले जानकारी दिए। उनले कुटपिट गर्नुको कारण नखुलेको डिएसपी केसीले बताए।

प्रसाईंले राष्ट्र, राष्ट्रिय, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नाममा विभिन्न जिल्लामा कार्यक्रमहरु गरिरहेका छन् । यसअघि प्रसाईंमाथि काठमाडौंमा मोसो दलिएको थियो।

प्रकाशित मिति : ४ माघ २०८०, बिहीबार १६:५६