२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

भक्तपुरमा मृत भेटिइन् बक्सिङ खेलाडी गोसाई

४ माघ, काठमाडौं । सशस्त्र प्रहरी बलको तर्फबाट बक्सिङ खेल्दै आएकी खेलाडी नीता गोसाईं मृत अवस्थामा फेला परेकी छन् । गोसाई भक्तपुर नगरपालिका वडा नम्बर ८ स्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेकाे जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले बताए।

शवलाई पोष्टमार्टमका लागि पठाइएको र प्रहरीले थप अनुसन्धान गरिरहेको उनले बताए । परिवारले दिएकाे जाहेरीका आधारमा एक पुरूषलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको पाठकले बताए । परिवारले ती पुरूषविरुद्ध आत्महत्या दुरुत्साहनको कसूरमा जाहेरी दिएका छन् ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहीबार १४:५५