बैंकिङ प्रणालीबाट ३० अर्ब तरलता खिच्दै राष्ट्र बैंक
३ माघ, काठमाडाैँ। बजारमा अधिक तरलता भएपछि व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । राष्ट्र बैंकले आज माघ ३ गते बुधबार बैंकिङ प्रणालीबाट निक्षेप संकलन उपकरण बोलकबोलमार्फत् १४ दिने अवधिका लागि ३० अर्ब रुपैयाँ तरलता खिच्न लागेको हो ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । केन्द्रीय बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो ।
बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ
प्रकाशित मिति : ३ माघ २०८०, बुधबार १०:३३












