३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

सिन्धु विकास बैंकले लाभांश नदिने, सेयरधनीको हात खाली

२ माघ, काठमाडाैँ। सिन्धु विकास बैंकले सेयरधनीका लागि लाभांश नदिने भएकाे छ । बैंकले गत आर्थिक वर्ष २०७९/८० को सञ्चित मुनाफाबाट सेयरधनीका लागि लाभांश नदिने निर्णय गरेको हाे।

कम्पनीको गत पुस २९ गते बसेको समितिको बैठकले सेयरधनीलाई लाभांश वितरण नगर्ने प्रस्तावसहित अन्य वित्तीय विवरण स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको हो ।

बैठकले वासलात, गत आवको नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव सहित उक्त वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्न स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : 10:53