३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

एक बैंकको ६.४० प्रतिशत नगद लाभांश सेयरधनीहरुको खातामा जम्मा

१ माघ, काठमाडाैँ। महालक्ष्मी विकास बैंक लिमिटेडले सेयरधनीकाे खातामा नगद लाभांश जम्मा गरेकाे छ । बैंककाे गत पुस २८ गते सम्पन्न २२ औँ वार्षिक साधारण सभाबाट पारित ६.४० प्रतिशत नगद लाभांस(कर सहित) सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो।

हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा उक्त नगद लाभांस जम्मा गरिएको बैंकले जनाएको छ। साथै, हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका र भौतिक सेयर अभौतिक नगरेका सेयरधनीहरुलाई अभौतिकिकरण गर्न बैंकले भनेकाे छ ।

प्रकाशित मिति : 09:09