गभर्नरको नाम र तस्बिरमा नक्कली ह्वाट्सअप अकाउन्ट, सजग रहन राष्ट्र बैंककाे अनुरोध
२९ पुस, काठमाडाैँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नाम र तस्बिर दुरुपयोग गरी ह्वाट्सअप अकाउन्ट खोलिएको पाइएको छ।
राष्ट्र बैंकले आइतबार एउटा सूचना प्रकाशित गर्दै गभर्नर अधिकारीको नाम र तस्बिर दुरुपयोग गरी विभिन्न व्यक्तिसँग संवाद व्यक्तिसँग संवाद गरेको पाइएको जनाएकाे छ ।
“गभर्नर महाप्रसाद अधिकारीको नाम र तस्बिर दुरुपयोग गरी ह्वाट्सअप अकाउन्ट बनाएर विभिन्न व्यक्तिसँग संवाद गरेको पाइएकोले यसप्रति सजग रहन सम्बन्धित सबै सरोकारवाला र सर्वसाधारणामा अनुरोध छ” राष्ट्र बैंकले जारी गरेको सूचनामा भनिएको छ ।
प्रकाशित मिति : २९ पुष २०८०, आईतवार १४:१०












