२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

सोल्टी होटलले सेयरधनीलाई २६ प्रतिशत लाभांश दिने

१ मंसिर, काठमाडौं । सोल्टी होटल लिमिटेडले सेयरधनीलाई २६.३२ प्रतिशत लाभांश दिने भएको छ । होटलले सेयरधनीलाई चुक्ता पुँजीको १० प्रतिशत बोनस र १६.३१७ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ६६ करोड ६० लाख रुपैयाँ रहेको छ । उक्त पुँजीमा कम्पनीले ६ करोड ६६ लाख रुपैयाँ बोनस सेयर दिने भएको छ । सो मात्राको बोनस पछि कम्पनीको पुँजी ७३ करोड २६ रुपैयाँ नाघ्ने छ । साथै, कम्पनीले रकमका आधारमा १० करोड ८६ लाख रुपैयाँ नगद लाभांश दिने छ ।

होटलको सञ्चालक समितिको सो मात्राको लाभांश दिने प्रस्तावलाई आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । कम्पनीको ४४औँ वार्षिक साधारणसभा पुस २६ गते काठमाडौंको कमलादीमा बस्दै छ ।

प्रकाशित मिति : १ मंसिर २०७५, शनिबार १६:२४