१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

उपसभामुखमा एमालेकी शिवमाया र कांग्रेसकी पुष्पाले प्रतिस्पर्धा गर्ने, शिवमाया विजयी हुने निश्चत

१ चैत, काठमाडौं । उपसभामुखमा वाम गठबन्धनबाट एमाले सांसद शिवमाया तुम्बाहाम्फे र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट डा पुष्पा भुसालले प्रतिस्पर्धा गर्ने भएका छन ।

तुम्बाहम्फेको पक्षमा प्रष्ट बहुमत देखिए पनि कांग्रेसले भुसाललाई अघि सारेको हो । यसअघि माओवादीको उम्मेदवार रहेको सभामुखमा उम्मेदवारी नदिएको कांग्रेसले एमालेको भागमा परेको उपसभामुखमा भने उम्मेदवार खडा गरेका छ ।

उपसभामुख र उपराष्ट्रपतिमा संघीय समाजवादी फोरमले दाबी गरे पनि उपसभामुखको दाबी भने अन्तिम समयमा छाडेको छ ।

प्रकाशित मिति : १ चैत्र २०७४, बिहीबार १६:२१