१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

कृषि विकास बैंकको नयाँ ब्याजदर प्रकाशित, कुन खातामा कति ?

२९ पुस, काठमाडौं । कृषि विकास बैंकले माघ महिनाका लागि ब्याजदर प्रकाशित गरेको छ । बैंकले विभिन्न खातामा माघ १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएर प्रकाशित गरेको हो ।

बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ४ प्रतिशतदेखि ५.७५० प्रतिशत ब्याजदर तोकेको छ । रेमिट्यान्स खातामा भने ६.७६० प्रतिशत ब्याजदर प्रदान गर्नेछ ।

बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ५.२६० प्रतिशत र व्यक्तिगततर्फ ७.२६० प्रतिशत ब्याजदर निर्धारण गरेको हो । बैंकले रेमिट्यान्स मुद्दतीमा भने ८.२६० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

प्रकाशित मिति : २९ पुष २०८०, आईतवार ०९:४०