नेपाली कांग्रेसकाे केन्द्रीय समिति बैठक अाज बस्दै, नेविसंघकाे विधान टुङ्ग्याउन छलफल हुने
१ मंसिर, काठमाडौँ । नेपाली कांग्रेसकाे केन्द्रीय समितिको बैठक अाज बस्दैछ । अाज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन ललितपुरमा बस्ने बैठकमा नेपाल विद्यार्थी संघको विधान पारित गर्ने सन्दर्भमा छलफल गर्ने कार्यसूची रहेको बताइएकाे छ ।
नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघको कार्यसमितिको समयसिमा मंसिर २ गते अर्थात भोलि आइतबार सकिँदैछ । अाजकाे बैठकले संघको विधान पारित गरी १२ औं महाधिवेशनको तय गर्न आवश्यक निर्णय लिने जनाइएको छ ।
आसन्न स्ववियु चुनावसम्म नेविसंघको वर्तमान कार्यसमितिको म्याद थप गर्ने तयारी भएकाे बताइएकाे छ । नेविसंघको वर्तमान कार्यसमितिको २ वर्षे कार्यकाल गत भदौ पहिलो साता नै सकिएको थियो । तर, महाधिवेशन गर्न नसकेपछि कांग्रेसले महाधिवेशन गर्ने गरी ३ महिना म्याद थपेकाे र उक्त म्याद यही मंसिर २ गते अर्थात भाेली सकिँदै छ ।
प्रकाशित मिति : १ मंसिर २०७५, शनिबार ०९:३५