१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

कालिका लघुवित्तको ६१ हजार कित्ता सेयर बिक्रीमा, क-कसले किन्न पाउछन् ?

२७ पुस, काठमाडाैँ। कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहको सेयर बिक्रीमा राखेको राखिएको छ । संस्थाको विभिन्न संस्थापकको नाममा रहेको ६१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो ।

बिक्रीमा राखिएको सेयरमा संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीहरुले सम्बन्धित कम्पनीहरुको प्रधान कार्यालयमा खरिद गर्न चाहेको सेयर संख्या र प्रतिकित्ता मूल्य समेत उल्लेख गरी ३५ दिनभित्र आवेदन दिन सक्नेछन्।

तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट उक्त सेयर खरिदका लागि कुनै आवेदन नपरेको खण्डमा गैर संस्थापकलाई सेयर बिक्री गरिने कम्पनीले जनाएकाे छ ।

प्रकाशित मिति : २७ पुष २०८०, शुक्रबार १३:१५