२५ आश्विन २०८१, शुक्रबार | Sat Oct 12 2024

पुसभित्रै आयकरको किस्ता बुझाउन करदातालाई राजस्व विभागको आग्रह

२६ पुस, काठमाडाैँ ।  आन्तरिक राजस्व विभागले आयकरको पहिलो किस्ता वापतको कर तथा विवरण पुस मसान्त भित्र बुझाउन करदातालाई ताकेता गरेको छ । विभागले एक सूचना जारी गर्दै आर्थिक वर्ष २०८०/०८१ को आयकरको पहिलो किस्ता वापतको कर तथा विवरण यही महिनाको मसान्तसम्म बुझाउन अनुराेध गरेकाे हाे ।

 विभागले २०८० पौष महिना भित्रै ठूला करदाता कार्यालय वा मध्यमस्तरीय करदाता कार्यालय वा सम्वन्धित आन्तरिक राजस्व कार्यालय / करदाता सेवा कार्यालयमा कर तथा विवरण दाखिला गर्न आग्रह गरेको छ।

आयकर ऐन, २०५८ (सं.स.) को दफा ४ को उपदफा (१) बमोजिम आय वर्ष २०८० / ०८१ को आयकरको किस्ता दाखिला गर्नु पर्ने करदाताहरुले दफा ५ बमोजिम आय वर्ष २०८० / ०८१ को कारोवारको अनुमानित करको विवरण र सो विवरण अनुसार तिर्नुपर्ने आयकरको प्रथम किस्ता वापतको ४० प्रतिशत रकम २०८० पौष महिना भित्रै बुझाउन विभागले आग्रह गरेको हो ।

प्रकाशित मिति : २६ पुष २०८०, बिहीबार १६:१३