८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

तरलता व्यवस्थापनमा राष्ट्र बैंक, बैंकिङ प्रणालीबाट फेरि २० अर्ब रुपैयाँ खिच्दै

२६ पुस, काठमाडाैँ ।  नेपाल राष्ट्र बैंकले आज(पुस २६ गते) देखि बैंकिङ प्रणालीबाट रहेको २० अर्ब रुपैयाँ तरलता संकलन गर्न लागेको छ । बैंकले आज बैंक तथा वित्तीय संस्थाहरुको तरलता खिच्न निक्षेप संकलनमार्फत् २० अर्ब रुपैयाँ तान्ने भएको हो ।

बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।  इच्छुक बैंक तथा वित्तीय संस्थाले बिहीबार दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । केन्द्रीय बैंकले ७ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो ।

इच्छुक आवेदकले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । माघ ४ गते यसको साँवा र ब्याज भुक्तानी हुने केन्द्रीय बैंकले जनाएको छ ।

प्रकाशित मिति : २६ पुष २०८०, बिहीबार ११:३३