३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

कुमारी बैंकले पनि घटायो ब्याजदर, कुन खातामा कति ?

२६ पुस, काठमाडाैं । कुमारी बैंकले पनि माघ महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेको छ। बैंकले प्रकाशित गरेकाे सूचना अनुसार पुस महिनाको तुलनामा कुमारीले माघका लागि ब्याजदर घटाएकाे हाे ।

माघ १ गतेदेखि लागू हुने गरी प्रकाशित नयाँ ब्याजदरअनुसार  बैंकले माघ महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा ८.११ प्रतिशत ब्याज दिने भएको छ ।

कुमारी बैंकले व्यक्तिगत मुद्दतितर्फ ३ महिनादेखि ६ महिना अवधिको ब्याजदर ६.५० प्रतिशत तोकेको छ । यस्तै, ६ महिनादेखि १ वर्षसम्मको ब्याजदर ७.२५ प्रतिशत, १ वर्ष वा सोभन्दा बढी अवधिका लागि ८.११ प्रतिशत ब्याजदर तोकिएको छ ।

संस्थागततर्फ ६ महिनादेखि १ वर्ष अवधिको ब्याजदर ५.२५ प्रतिशत र एक वर्ष वा सोभन्दा बढी अवधिका लागि ६.११ प्रतिशत तोकिएको छ।पुस महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा बैंकले अधिकतम ९.३१ प्रतिशत ब्याज दिएको थियो भने संस्थागत मुद्दतिमा ७.३१ प्रतिशत ब्याज दिइरहेको छ।

प्रकाशित मिति : 09:32