७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

हिमालयन एभरेष्ट इन्स्योरेन्सले घोषणा गर्यो लाभांस, बोनस र नगद कति ?

२५ पुस, काठमाडाैं। हिमालयन एभरेष्ट इन्स्योरेन्सले लाभांस घोषणा गरेको छ । कम्पनीको पुस २५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष मुनाफाबाट सेयरधनीका लागि वितरण गर्ने लाभांश घाेषणा गरेकाे हाे ।

कम्पनीले आव २०७९/८० को मुनाफाबाट सेयरधनीका लागि ८.६३ प्रतिशत बोनस सेयर र ६.३७ प्रतिशत नगद लाभांस(कर प्रयोजनका लागि) गरी कुल १५ प्रतिशत लाभांस वितरणको घोषणा गरेको हो ।

प्रस्तावित लाभांस बीमा प्राधिकरणबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणले पारित भएपछि सेयरधनीले पाउनेछन् ।

प्रकाशित मिति : २५ पुष २०८०, बुधबार १०:१२