१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

एनआईसी एशिया बैंकले घटायो ब्याजदर, कुन खातामा कति ?

२५ पुस, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले नयाँ ब्याजदर प्रकाशित गरेको छ। बैंकले माघ १ गतेदेखि लागु हुने गरी नयाँ ब्याजदर प्रकाशित गरेको हो। एनआईस एशिया बैंकले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर न्यूनतम ६.२५० प्रतिशत कायम गरेको छ ।

बैंककाे नयाँ ब्याजदर अनुसार माघ महिनाको लागि ६ महिनादेखि ९ महिना अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ६.७५० प्रतिशत तोकिएको छ । ९ महिनादेखि १२ महिना अवधिको मुद्दति निक्षेपको ब्याजदर ७ प्रतिशत, १२ महिने अवधिका लागि ७.२५० प्रतिशत, १२ देखि १८ महिनेका लागि ७.५०० प्रतिशत, १८ महिनादेखि २४ महिने अवधिका लागि ७.७५० प्रतिशत र २४ महिनादेखि माथि १८० महिनासम्मको मुद्दति निक्षेपको ब्याजदर ८.०६५ प्रतिशत तोकिएको छ । साथै, बैंकले माघका लागि बचतको ब्याजदर अधिकतम ३.९८९ प्रतिशतमा सीमित गरेको छ ।

प्रकाशित मिति : २५ पुष २०८०, बुधबार ०९:३९