१८ आश्विन २०८१, शुक्रबार | Sat Oct 5 2024

कोशी प्रदेशको सभामुखमा अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

२४ पुस, काठमाडाैं । कोशी प्रदेशको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन् ।मंगलबार बसेको प्रदेशसभा बैठकमा उपसभामुख सृजना दनुवारले विष्टलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेकी हुन् । उनको प्रस्तावकमा राप्रपा संसदीय दलका नेता भक्ति सिटौला समर्थक र प्रदेशसभा सदस्य प्रेमराज थामसुहाङ समर्थक थिए ।

सत्तारुढ गठबन्धनले सभामुख राप्रपालाई दिएपछि नेकपा एमालेले पनि उम्मेदवारी नदिने निर्णय गरेको थियो । झापा गौरादहका ७० वर्षीय विष्ट राप्रपाबाट निर्वाचित समानुपातिक सांसद हुन्।

प्रकाशित मिति : २४ पुष २०८०, मंगलवार १६:२४