१० कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनको कति बढ्यो ?
२४ पुस, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २०.२९ अकंले बढेर २०७९.७९ बिन्दुमा बन्द भएको छ । आज ३०९ कम्पनीको १ करोड ७९ लाख ४९ हजार ५६२ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ११ करोड ८३ लाख १७ हजार रुपैयाँको कारोबार भएको छ ।
आज सेयर बजारमा दाेहाेराे अंककाे सुधार आउँदा कर्णाली डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, कालिका लघुवित्त, सप्तकोशी डेभलपमेन्ट बैंक, अपर स्याङ्गो, त्रिशुली जलविधुत्, मुक्तिनाथ कृषि, हिलमायन रि, नेपाल वेयररिङ हाउस र तेह्रथुम पावरको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

प्रकाशित मिति : २४ पुष २०८०, मंगलवार १५:३८













