सूर्यज्योति लाइफ इन्स्योरेन्सको सञ्चालकमा नमिता शर्मा नियुक्त
२३ पुस, काठमाडाैं। सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालकमा नमिता शर्मा नियुक्त भएकी छिन् । कम्पनीको पुस २२ गते बसेको सञ्चालक समितिको बैठकले संस्थापक सेयरधनी पूजा कन्स्ट्रक्सन नेपालको प्रतिनिधी शर्मालाई उक्त पदमा नियुक्त गरिएको हाे ।
उनलाई पुस २२ गतेदेखि लागू हुने गरी सञ्चालक पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।
प्रकाशित मिति : २३ पुष २०८०, सोमबार १४:११