१८ आश्विन २०८१, शुक्रबार | Sat Oct 5 2024

कोशीमा एमालेका उम्मेदवारले गराए उम्मेदवारी दर्ता

२३ पुस, काठमाडाैं ।राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एमालेले कोशीमा उम्मेदवारी दर्ता गरेको छ। एमालेले कोशी प्रदेशमा अन्यबाट पर्शुराम अधिकारी र महिलामा रुकमणि कोइरालालाई उम्मेदवार बनाएको हो । अधिकारीकाे प्रस्तावकमा सिर्जना राई र समर्थकमा जयप्रकाश चौधरी  छन्। कोइरालाको प्रस्तावकमा रामप्रसाद महतो र समर्थकमा शिला दिक्षीत कार्की छन्।

तस्विरः सामाजिक सञ्जाल

अधिकारी पूर्वमाओवादी नेता हुन् । नेकपा विभाजनपछि एमालेमै बसेका अधिकारी अहिले केन्द्रीय सदस्य छन् । कोइराला सुनसरीकी नेतृ हुन् । कोशीमा दुई सीटमा निर्वाचन हुँदैछ । नेपाली कांग्रेसका रमेशजंग रायमाझी र महिलातर्फ नेकपा माओवादीकी विना पोखरेलको पदावधि सकिन लागेपछि सो पदका लागि निर्वाचन हुन लागेको हो।

प्रकाशित मिति : २३ पुष २०८०, सोमबार १३:३०