१८ आश्विन २०८१, शुक्रबार | Sat Oct 5 2024

राष्ट्रिय सभा सदस्यका लागि सिटौलाले दर्ता गरे उम्मेदवारी

२३ पुस, काठमाडौँ । राष्ट्रिय सभा चुनावका लागि नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले उम्मेदवारी दर्ता गरेका छन् । सोमबार बिहान कोशी प्रदेश निर्वाचन अधिकृतको कार्यालय विराटनगरमा सिटौलाले उम्मेदवारी दर्ता गरेका हुन् । सिटौलाको प्रस्तावकमा कोशी प्रदेश सभा सदस्य प्रदीप सुनुवार र समर्थकमा हिमाल कार्की छन् ।

गत प्रतिनिधि सभा चुनावमा राप्रपाका राजेन्द्र लिङदेनसँग पराजित भएका सिटौला राष्ट्रिय सभा चुनावमा उठेका हुन् ।

प्रकाशित मिति : २३ पुष २०८०, सोमबार ११:१४