७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

त्रिवि उपकुलपतिको विज्ञापनमा सरकारी ‘गाईजात्रा’ मापदण्ड गायब पारेर अर्को सूचना

२३ पुस, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपतिको विज्ञापनमा सरकारले ‘गाईजात्रा’ नै प्रर्दशन गरेको छ । सुरूमा केही व्यक्तिमात्र योग्य हुने सर्त राखेर खुला विज्ञपानकै इज्जत लुटेको सरकारले फेरि मापदण्ड गायब पारेर अर्को सूचना जारी गरेको छ ।

सरकारले चर्को जनबिरोधपछि यसअघिको विज्ञापन रद्द गरेको थियो । प्रधानमन्त्री एवं त्रिविका कुलपतिको भनाइ र गराइको तालमेल नमिलेको भन्दै उनकै निर्देशनमा पहिलो सूचना खारेज गरेको थियो । सोमबार प्रकाशित दोस्रो सूचनामा भने मापदण्ड नै गायब पारिएको छ ।

खुला र विश्वभरबाट आवेदन दिन मिल्ने भनेर सूचनामा उल्लेख गरियता पनि योग्यता के तोकिएको भन्ने कुरा केही खुलाइएको छैन् । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले सोमबार प्रकाशित गरेको सूचनामा भनेको मापदण्ड भने अहिलेसम्म मन्त्रालयको वेभसाइटमा पनि राखिएको छैन । समितिले जारी गरेको सूचनामा  भने यस्तो भनिएको छ ,‘उपकुलपतिको पदमा दरखास्त दिन इच्छुक र योग्य व्यक्तिबाट दरखास्त आह्वान गरिएको छ । इच्छुक व्यक्तिले मन्त्रालयको वेभ साइटमा सूचनासँगै रहेको कार्यविधिमा उल्लेखित कागजात सहित दरखास्त पेस गर्न आव्हान गरिएको छ ।’

तत्कालीन केपी शर्मा ओली सरकारले नियुक्त गरेका प्रा डा धर्मकान्त बाँस्कोटा बाहिरिएसँगै कार्तिक १७ गतेदेखि त्रिविको उपकुलपति खाली छ । अहिले निम्मितको काम प्रा डा शिलवाल भुसालले गरिरहेका छन । छनोट तथा सिफारिस समितिको अध्यक्षमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई, सदस्यमा शिक्षा सचिव सुरेश अधिकारी र त्रिविका उपप्राध्यापक डा चन्द्रकला घिमिरे रहेकी छिन । घिमिरे माओवादी निकट बुद्धिजिवी परिषद्को नेतृ हुन ।

यो पनि पढ्नुहोस्

-‘खुला प्रतिस्पर्धा’कै इज्जत लुट्ने त्रिविको उपकुलपति मागको सूचना खारेज

-त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि सीमित व्यक्तिकाबीच खुला प्रतिस्पर्धा हुने

प्रकाशित मिति : २३ पुष २०८०, सोमबार १०:०१