जनअधिकार अभियान नेपालद्वारा सुशासन र भ्रष्टाचारमुक्त देश बनाउन माग
३० कात्तिक,काठमाडौँ । जनअधिकार अभियान नेपालले मानवअधिकारसहितको सुशासन र भ्रष्टाचारमुक्त देश निर्माणका लागि सरकारलाई आग्रह गरेको छ । ‘वर्तमान राजनीतिक व्यवस्था र मानवअधिकार’ विषयको अन्तक्र्रियामा मानवअधिकारकर्मी, कानूनविद्लगायत नागरिक समाजका अगुवाले सो माग राखेका हुन् ।
जनअधिकार अभियान नेपालका अध्यक्ष वरिष्ठ अधिवक्ता एकराज भण्डारीले लोकतन्त्रको स्थापनापछि देशमा भ्रष्टचारले व्यापकता पाएको र जनताको पैसाको दुरुपयोग भएको बताउनुभयो । “लोकतन्त्रपछिको चुनावले जनतामा आशा त देखाइदिए तर यसले जनताको अधिकारलाई प्रत्याभूत गराउन सकेन”, उहाँले भन्नुभयो ।
नागरिक समाजका डा सुन्दरमणि दीक्षितले देशमा नयाँ शासक परिवर्तन भए पनि व्यक्तिवादी चिन्तन हावी भएको बताउँदै देशका लागि सोच्ने नेतृत्वको आवश्यकता औँैंल्याउनुभयो ।
प्रकाशित मिति : ३० कार्तिक २०७५, शुक्रबार १६:३०












