१८ आश्विन २०८१, शुक्रबार | Sat Oct 5 2024

वाइसिएलले खुट्टा काटेर झाडीमा फालेका विवेक देवकोटा एमालेबाट राष्ट्रियसभामा उम्मेदवार

२२ पुस, काठमाडौँ । नेकपा (एमाले)ले बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यमा उम्मेदवार हुनेको नाम फाइनल गरी टिकट प्रदान गरेको छ । एमालेले यस पटकको टिकट वितरणमा न्यायोचित निर्णय गरेको छ । विगतमा सधैँ अवसर पाउनेहरूले अवसर पाउने गरेकामा यसपटक एमालेले नयाँलाई अवसर दिएको छ ।

एमालेले त्यसरी अवसर दिने क्रममा नेकपा माओवादी केन्द्रको भ्रातृ संस्था वाइसिएलले खुट्टा काटेर मर्यो भनेर झाडीमा फालेका विवेक देवकोटालाई पनि अवसर दिएको छ । देवकोटा काठमाडाैँ एमालेका नेता हुन । उनी रेष्टुरेन्ट लगायतको व्यवसायमा पनि रहेका छन ।

एमालेले बागमतीमा काठमाडौँमा देवकोटासहित दोलखाको रोचकुमारी चौँलागाई, धादिङका ध्रुव विश्वकर्म र चितवनका निर्मल पौडेललाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको नेकपा एमालेका बागमती प्रदेश कमिटीको उपसचिव एवं प्रचार विभाग प्रमुख भक्तकुमारी लामाले दैनिकीलाई जानकारी दिइन ।

प्रकाशित मिति : २२ पुष २०८०, आईतवार १४:०३