नारायणी डेभलपमेन्ट बैंकले शतप्रतिशत हकप्रद निष्कासन गर्ने
२२ पुस, काठमाडाैं। नारायणी डेभलपमेन्ट बैंकले हकप्रद निष्कासन गर्ने भएकाे छ । बैंकले १ः१ अनुपातमा शतप्रतिशत हकप्रद निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएकाे हाे ।
बैंकले २६ लाख २४ हजार ६ ७६ कित्ता हकप्रद सेयर निष्कासन गर्ने छ । बैंककाे हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।
प्रकाशित मिति : २२ पुष २०८०, आईतवार १०:४८