हिमालयन लाइफ इन्स्योरेन्सले लाभांश नदिने, सेयरधनीका हात खाली
२० पुस, काठमाडाैँ । हिमालयन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष ७८/७९ को संचित मुनाफाबाट सेयरधनीका लागि लाभांश नदिने भएको छ। कम्पनीको पुस १९ गते बसेको संचालक समितिको बैठकले लाभांश वितरण नगर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले माघ १८ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ ३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसकाे अर्थ माघ २ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा सहभागि हुन सक्नेछन् ।
प्रकाशित मिति : २० पुष २०८०, शुक्रबार ११:२७