१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

एमाले सचिवालय बैठक आज, यी बिषयमा छलफल हुने

१९ पुस, काठमाडौँ । नेकपा (एमाले) काे सचिवालय बैठक आज (शुक्रबार) च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको छ । राष्ट्रियसभा उम्मेदवारको चयन, ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’को समीक्षा र केन्द्रीय कमिटी बैठक बोलाउने विषयमा छलफल गर्न बैठक आह्वान गरिएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

यसैबीच, पार्टीअध्यक्ष केपी शर्मा ओलीले बिहीबार अपराह्न प्रदेश कमिटीका पदाधिकारीसँग राष्ट्रियसभा उम्मेदवार चयनबारे छलफल गरेको उनले बताए ।

प्रकाशित मिति : २० पुष २०८०, शुक्रबार ०९:३१