२५ माघ २०८२, आईतवार | Mon Feb 9 2026

हिमालयन बैंकको ७८ हजार कित्ता सेयर बिक्रीमा, क-कसले किन्न पाउछन् ?

१९ पुस, काठमाडौँ । हिमालयन बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले सस्थापक समूह तर्फको ७८ हजार ४२ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

बिक्रीमा राखिएकाे सेयरमा संस्थापक सेयरधनीहरुले मात्रै खरिदका लागि आवेदन दिन पाउनेछन् । उक्त सेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (पुष १९ गते) ले ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय कमलादी काठमाडौँस्थित कानून तथा सेयर विभागमा आवेदन दिन सकिनेछ ।

साथै, तोकिएको अवधिभित्र बिक्रीमा राखिएकाे सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने बैंकले जनाएको छ ।

प्रकाशित मिति : १९ पुष २०८०, बिहीबार १४:१५