२९ माघ २०८२, बिहीबार | Thu Feb 12 2026

सानिमा रिलायन्सले बोलायो साभारणसभा, सेयरधनीलाई छैन लाभांश

१९ पुस, काठमाडाैं। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा बाेलाएकाे छ । कम्पनीले सेयरधनीका लागि वितरण गर्ने लाभांशकाे एजेण्डा बिना नै वार्षिक साधारण सभा बाेलाएकाे हाे। कम्पनीको छैठौँ वार्षिक साधारण माघ ११ गते काठमाडाैंकाे नक्सालमा रहेको आम्रपाली ब्याङक्वेटमा बिहान ११ बजे सभाबाट सुरू हुनेछ ।

उक्त सभामा नियमनकारी निकायबाट हुने संधोन वा परिवर्तनका निर्देशन पारित गर्ने र सानिमा लाइफ र साबिकको रिलायन्स लाइफले गरेका सामाजिक उत्तरदायित्व अन्तर्गतको खर्चहरु अनुमोदन गर्ने विशेष प्रस्ताव
पारित गरिनेछ ।

यस्तै, सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने,  सानिमा लाइफ र साबिकको रिलायन्स लाइफको आव २०७८/७९ को लेखापरीक्षणको प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाब, तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्ने र सञ्चालक समितिमा संस्थापक सेयरधनी समूह बाट प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित हुनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी पुस २६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस २५ गतेसम्म कायम सेयरधनीमात्रै कम्पनीको सभामा सहभागी हुने सक्नेछन् ।

प्रकाशित मिति : १९ पुष २०८०, बिहीबार १२:१३