१५ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 28 2026

मल्टीपर्पस फाइनान्सले लाभांश वितरण नगर्ने, सेयरधनीको हात खाली

१९ पुस, काठमाडाैँ। मल्टीपर्पस फाइनान्सले गत आर्थिक वर्ष २०७९/ ०८० को मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ। पुस १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएको छ।

बैठकले वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण पनि स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ ।

प्रकाशित मिति : १९ पुष २०८०, बिहीबार १०:३१