१७ चैत्र २०८२, मंगलवार | Wed Apr 1 2026

एक बैंकको नगद लाभांश सेयरधनीहरुको खातामा जम्मा

१९ पुस, काठमाडाैं। नेपाल एसबिआई बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई नगद लाभांस वितरण गरेको छ। बैंकले गत पुस १३ गते सम्पन्न ३० औँ वार्षिक साधारण सभाबाट पारित ३.७५ प्रतिशत बोनस सेयर र ६.८० प्रतिशत नगद लाभांस सेयरधनीहरुको बैंक खाता तथा डिम्याट खातामा जम्मा गरेको हो।

बैंकले पुस १३ गतेपश्चात सेयरधनीहरुको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा जम्मा नगद लाभांस जम्मा गर्ने व्यवस्था गरिएको जनाएको छ । त्यस्तै अभौतिक सेयर धारण गरेकाको हितग्राही खातामा र भौतिक सेयर धारण गरेकाको सेयर अभौतिकिकरण गराएपश्चात हितग्राही खातामा जम्मा गरिने  बैंकले जनाएको छ ।

प्रकाशित मिति : १९ पुष २०८०, बिहीबार १०:११