७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

सुनको भाउमा गिरावट, यस्तो छ आज कारोबार मूल्य

१८ पुस, काठमाडाैँ । साताको चौथो कारोबार दिन बुधबार सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतिताेला २०० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला १ लाख २० हजार ८०० रुपैयाँ र तेजावी सुन १ लाख २० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन मंगलबार छापावाल सुन प्रतितोला १ लाख २१ हजार रुपैयाँ र तेजावी सुन १ लाख २० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै यस दिन चाँदी प्रतितोला १० रुपैयाँले घटेर १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : १८ पुष २०८०, बुधबार १०:५०