८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

तीन निर्जीवन बीमा कम्पनीलाई बीमा प्राधिकरणले गर्यो कारबाही, कति तिरे जरिवाना ?

१७ पुस, काठमाडाैं। नेपाल बीमा प्राधिकरणले तीन निर्जीवन बीमा कम्पनीलाई कारबाही गरेको छ । प्राधिकरणले युनाइटेड अजोड, राष्ट्रिय बीमा कम्पनी र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सलाई नगद जरिवानासहित कारबाही गरेको हो ।

प्राधिकरणको गत पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले यी निर्जीवन बीमा कम्पनीहरुलाई २ लाख रुपैयाँका दरले आर्थिक कारबाही गरेको हो । प्राधिकरणले स्थलगत निरिक्षणका क्रममा उक्त कम्पनीहरुले उधारो बीमा, रेट कटिङ गरेको, सम्पत्ति शुद्धीकरणमा ध्यान नदिएको र दाबी भुक्तानीमा बीमितलाई दुःख दिएको भन्दै २ लाख रुपैयाँका दरले जरिवाना तिराएकाे प्राधिकरणले जनाएकाे छ ।

प्रकाशित मिति : १७ पुष २०८०, मंगलवार १६:५९