समुन्द्री किनारै किनार टोपी लगाउनेहरुको लवालश्कर
एडिलेड । प्रवासी नेपाली मञ्च साउथ अष्ट्रेलियाको आयोजनामा अन्तराष्ट्रिय टोपी दिवस तथा नया वर्ष २०२४ को उपलक्ष्यमा पदयात्रा सम्पन्न भएको छ ।
एडिलेडको स्थानिय जोन मिलर रिजर्भबाट समुन्द्री किनार हुदै पदयात्रा शुरु गरेर एडिलेडको चर्चित बिच ग्लेनेल पुगेर पुन जोन मिलर रिजर्भमा आएर पदयात्रा समापन भएको थियो । संक्षिप्त समापन कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि साउथ अष्ट्रेलियाका लागि नेपाली वाणिज्यदुत धमलाले नयाँ वर्षको शुभकामना व्यक्त गर्दै प्रवासमा नेपाल र नेपालीको इज्जत बढाउने काममा थप क्रियाशिल हुन सबैलाई आग्रह गरेका थिए । धमलाले पासपोर्ट लगायतका नेपाली समुदायका समस्या वारेमा समेत प्रकाश पारेका थिए । कार्यक्रममा स्थानियन म्यारियन काउन्सिलकी काउन्सिलर रेनुका लामाले नेपाली पहिचानलाई अष्ट्रेलियामा क्रियासिल हुन सबैलाई अनुरोध गरिन ।
साउथ अष्ट्रेलिया सरकारको बहुसांस्कृतिक आयोग सदस्य मञ्जु खड्काले हाम्रो जन्म भुमी छोडेर प्रवासमा आउदा ल्याएका हाम्रो संस्कृतिलाई जगेर्ना गर्न यस्ता कार्यक्रमहरुले सहयोग पुग्ने बताउदै नेपाली संस्कृतिलाई बहुसास्कृतिक अष्ट्रेलियामा समृद्ध गर्न आयोग मार्फत क्रियाशिल रहेको बताईन ।
एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा साउथ अष्ट्रेलिया संयोजक संजय पुरीले टोपी दिवस प्रारम्भको इतिहास कोट्याउदै प्रवासमा नेपाली संस्कृतिलाई स्थापित गर्न सबै क्रियाशिल रहनु पर्ने बताए ।
४०० भन्दा बढिको सहभागीतामा भएको कार्यक्रममा विभिन्न सामाजिक संघ संस्था सहित नेपालबाट आउनु भएका अभिभावकहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । पदयात्राका क्रममा साँझ समुन्द्री किनारामा टहलिन आएका रहेका गैर्ह नेपालीहरुले अभिरुची पुर्वक हेर्ने र जिज्ञासहरु समेत राखेका थिए ।
कार्यक्रमका संयोजन गरेका एनआरएनए ओशियानका पुर्व सह संयोजक अशोक केशीले नेपाल प्रचार र प्रबर्धन गर्नु मुल उद्देश्य भएकाले पदयात्राका क्रममा अष्ट्रेलियन समुदायका व्यक्तिहरु संग भएको कुराकानीले नेपाल र नेपाली प्रति सकारात्मक रहेको पाएको बताए । उनले भने नेपालको प्रबर्धन गर्न केहि हद सम्म सफल रहेको बताए ।

मञ्चका साउथ अष्ट्रेलिया अध्यक्ष युवराज पहाडीले प्रवासमा रहुर्केका नया पुस्तालाई नेपाली परम्परा र संस्कृति वारेमा परिचित गराउन समेत कार्यक्रम आयोजना गरिएको बताए । उनले पदयात्राले सडक हिड्ने अन्य गैर्ह नेपालीहरुका विचमा नेपाललाई चिनाउन सकिने भएकाले पदयात्रा आयोजना गरिएको बताए ।


प्रकाशित मिति : 15:55













