४ पुष २०८२, शुक्रबार | Fri Dec 19 2025

सुन तस्करी प्रकरण : सिलवाल र खेतानलार्इ धरौटीमा छाेड्न उच्च अदालत विराटनगरकाे आदेश

२९ कात्तिक, मोरङ । उच्च अदालत विराटनगरले सिलवाल र खेतानलार्इ  धरौटीमा छाेड्न अादेश दिएकाे छ । जाे दुर्इजना करिब ३८ क्वीन्टल सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्यको हत्या प्रकरणमा थुनामा रहेका थिए ।  बिहीबार उच्च अदालतका न्यायाधीश साधुराम सापकोटा र उमेशकुमार सिंहको इजलासले तस्करीको सुनको लगानीकर्ता भनिएका सञ्जय खेतान भनिने प्रभाव अग्रवाल र मदन सिलवाललाई जनही ५–५ लाख धरौटीमा छाड्ने आदेश दिएको हो ।

अाज भएको सुनुवाईपछि अदालतले जिल्लाको आदेश बदर गर्दै धरौटीमा छाड्ने आदेश दिएको उच्च अदालत विराटनगरका रजिष्टार नारायणप्रसाद रेग्मीले जानकारी दिए । उच्च अदालतले छाड्ने आदेश दिएका अग्रवालमाथि सुन तस्करी प्रकरणका नाइके चुणामणि उप्रेती गोरेलाई सुन आयात गर्न लगानी गरेको आरोप थियो ।

सुन तस्करी प्रकरणमा अनुसन्धानका क्रममा वैशाख १९ गते १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय ७३ रुपैयाँ बराबरको ३७ लाख ९९ हजार ५ सय ६३ ग्राम (करिब ३८ क्वीन्टल) अवैध रुपमा सुन आयात गरिएको दावीसहित मुद्दा दायर गरिएको थियो ।

प्रकाशित मिति : २९ कार्तिक २०७५, बिहीबार १९:४६