१६ बैशाख २०८२, मंगलवार | Tue Apr 29 2025

न्यायालयको विकृति सुधार गर्ने कामु प्रधानन्यायाधीश जोशीको प्रतिवद्धता

१ चैत, काठमाडौँ । कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका दीपकराज जोशीले न्यायालयभित्रको विकृति अराजकता सुधार गर्ने बताएका छन ।

बिहीबार कामु प्रधानन्यायाधीशका रुपमा पदभार सम्हालेपछि सर्वोच्च अदालत परिसरमा पत्रकारसँग जोशीले न्यायालयभित्रका गलत प्रवृत्तिको अन्त्य गरी सर्वोच्च गरिमा कायम राख्ने बताए । उनले आफ्नो मुद्दा आफैं हेर्ने, आफैं निर्णय जस्ता अदालतका विकृति अन्त्य हुने बताउँदै न्यायालयलाई सबैको पहुँचमा ल्याउने बताए ।

न्याय परिषदले बुधबार प्रधानन्यायाधीश गोपाल पराजुलीलाई अवकाश पत्र दिएपछि सर्वोच्च प्रशासनले वरिष्ठतम न्यायाधीश जोशीलाई कामु प्रधानन्यायाधीशको जिम्मेवारी दिएको हो ।

प्रकाशित मिति : १ चैत्र २०७४, बिहीबार १५:१०