२० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026

प्रभु महालक्ष्मी इन्स्योरेन्सले बीमालेख नवीकरण गर्दा बीमितलाई ५० प्रतिशत छुट दिने

१६ पुस, काठमाडौं । प्रभु महालक्ष्मी लाइफले व्यतित बीमालेख नवीकरण गर्दा बीलम्ब शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ। कम्पनीबाट जारी गरिएका बीमालेखहरु मोहलत अवधि नाघी व्यतित भएका बीमालेख नवीकरण गर्दा बीलम्ब शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको कम्पनीले जनाएको छ।

इन्स्योरेन्सले सूचना जारी गदै आज (पुस १६ गते) देखि २७ गतेसम्म नवीकरण बीमाशुल्क भुक्तानी गरी सुचारु गरेको खण्डमा छुट पाइने जनाएको हो ।

प्रकाशित मिति : १६ पुष २०८०, सोमबार १२:२३