१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

धारामा पानी माग्दै पूर्व प्रधानन्त्री झलनाथ खनाल केयुकेएलमा ज्ञापन पत्र बुझाउन जाँदै

१६ पुस, काठमडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवजं पूर्वप्रधानमन्त्री झलनाथ खनाल काठमाडौँका घरहरूको धारामा पानी नआएको भन्दै ध्यानाकर्षणका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)मा ज्ञापानपत्र बुझाउन जाने भएका छन ।

सोमबार दिउँसो १ बजे ज्ञापन पत्र बुझाउन जाने कार्यक्रम रहेको पूर्वप्रधानमन्त्री खनालका स्वकीय सचिव कृष्ण भट्टराईले दैनिकीलाई जानकारी दिए । उनले उक्त ज्ञापन पत्र बुझाउन जाने क्रममा उपस्थित हुन पार्टीका नेता कार्यकर्तामा समेत अपिल गरेका छन ।

भट्टराईले दैनिकीसँग भने, ‘काठमाडौमा धारामा पानी नआएको बिरोधमा नेकपा ९एस०का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको नेतृत्वमा केयुकेलको त्रिपुरेश्वरमा रहेको कार्यालयमा गएर  ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ ।’ उक्त ज्ञापन पत्र बुझाउन जाने कार्यक्रको आयोजक भने नेकपा एकीकृत समाजवादीको काठमाडौ महानगर कमिटी रहेको छ ।

प्रकाशित मिति : १६ पुष २०८०, सोमबार ११:०९