१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

मिर्मिरे लघुवित्तले घोषणा गर्यो लाभांश, यस्तो छ नगद

१६ पुस, काठमाडाैं। मिर्मिरे लघुवित्तले लाभांश घोषणा गरेको छ। कम्पनीको पुस १३ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफा बाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हालको चुक्ता पूँजीको ६.३२ प्रतिशत नगद लाभांश (कर प्रयोजन सहित) वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् । हाल कम्पनीको चुक्तापूँजी ६६ करोड ५७ लाख रुपैयाँ छ ।

प्रकाशित मिति : १६ पुष २०८०, सोमबार १०:२६