२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

नागरिक लगानी कोषको कार्यकारी निर्देशक बन्न ५ जनाको नाम सर्ट लिस्टमा, कसले मार्ला बाजी ?

१५ पुस, काठमाडौं । नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदको खुला प्रतिस्पर्धाबाट ५ जना सर्ट लिस्टमा पर्न सफल भएका छन् । अर्थ मन्त्रालयका अनुसार पर्वतकुमार कार्की, राजेन्द्र पण्डित, लेखनाथ शर्मा पंगेनी, विश्वमोहन अधिकारी र डा. शिवहरि श्रेष्ठ सर्ट लिस्टमा पर्न सफल भएका हुन् ।

अब उनीहरुले पावर प्वाइन्ट प्रस्तुति र अन्तर्वार्ता दिनेछन् । त्यसबाट एक जनाको छनोट हुनेछ । सर्ट लिस्टमा परेकाहरुको लागि प्रस्तुति र अन्तर्वार्ताका लागि पुस १७ मंगलबार तोकिएको छ ।

शैक्षिक योग्यता, कार्यअनुभव, व्यवसायिक तथा वित्तीय कार्ययोजनाको मूल्यांकनका आधारमा प्राप्त गरेको कुल प्राप्ताङ्‍कका आधारमा सबैभन्दा धेरै अंक प्राप्त गर्ने उम्मेदवारहरुलाई सर्ट लिस्टमा छनोट गरिएको मन्त्रालयले जनाएकाे छ । कात्तिक २१ गते मन्त्रालयले एक सूचना प्रकाशित गरी कोषको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान गरेको थियो । जसमा १० जनाकाे आवेदन परेकाे थियाे ।

प्रकाशित मिति : १५ पुष २०८०, आईतवार १२:५८