१५ चैत्र २०८२, आईतवार | Sun Mar 29 2026

सिटिजन्स बैंकको स्वतन्त्र सञ्चालकमा आत्रेय नियुक्त

१५ पुस, काठमाडाैं। सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको स्वतन्त्र सञ्चालकमा विनोद आत्रेय नियुक्त भएका छन्। पुस १२ गते बसेको बैंककाे सञ्चालक समितिको बैठकले आत्रेयलाई सोहि दिनदेखि लागु हुनेगरी स्वतन्त्र सञ्चालक नियुक्त गरेको हो ।

उनीसँग बैकिङ क्षेत्रको करिब ४ दशक लामो अनुभव रहेको छ । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश लिएका डाक्टर आत्रेय त्यसपछि पनि विभिन्न संस्थामा सक्रिया रहदै आएका छन् । राष्ट्र बैंककै प्रतिनिधिको रुपमा उनले नेपाल बैंक लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतको रुपमा काम पनि गरेका थिए ।

प्रकाशित मिति : १५ पुष २०८०, आईतवार ११:०२