१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

कोशीका मुख्यमन्त्री कार्कीले चुच्चे नक्सा र प्रदेशको नाम दुबै गायब पारे

१५ पुस, काठमडाैँ । नेपाली कांग्रेसका नेता समेत रहेका कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशको नाम र चुच्चे नक्सा दुबै गायब बनाएका छन । नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री भएका कार्कीले पछि कांग्रेस र माअोवादीको पनि विश्वासको मत पाएका थिए । नेपाली कांग्रेसको शेखर कोइराला समूहका सदस्य रहेका मुख्यमन्त्री कार्कीले प्रदेशको नाम र नक्सा दुबै गायब पारेपछि सामाजिक सञ्जालमा उनको चर्को अालोचना सुरू भएको छ ।

उनले गुरुङहरुको तमु ल्होछारको  शुभकामना दिँदै आइतबार जारी गरेको सन्देशमा प्रदेशको नामनै गायब पारिएको छ । त्यस्तै लोगोमा रहेको चुच्ने नक्सा समेत गायब पारिएको छ । कार्कीले दिएको शुभकामनामा मुख्यमन्त्री भनिए पनि कुन प्रदेश केही खुलेको छैन् । कार्कीको शुभकामना सन्देश तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : १५ पुष २०८०, आईतवार ११:०२