२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

आज सेयर कारोबार नहुने, बैंक तथा वित्तीय संस्था पनि बन्द

१५ पुस, काठमाडौं । आज सेयर बजार बन्द हुने भएको छ । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको कारण सेयर बजारसँगै बैंक वित्तीय संस्था र सार्वजनिक कार्यालय पनि बन्द हुने भएको हो  ।

अब बजार पुस १६ गते सोमबार बिहान ११ बजे खुल्नेछ । यसअघि बिहीबार बजार १.९३ अंकले घटेर २०६८.९० अंकमा बन्द भएको थियो । उक्त दिन ४ अर्ब २९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो । अब सोमबार खुल्ने बजार कस्तो रहला भन्ने लगानीकर्ताहरूमा चासो बढी रहेको छ ।

प्रकाशित मिति : १५ पुष २०८०, आईतवार १०:०३