सरकारले इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलायाे, अञ्जानकाे नाम सिफारिस
२९ कात्तिक, काठमाडौं । सरकारले इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाएको छ । कात्तिक २५ गते बसेको मन्त्रिपरिषद् बैठकले तीन साताको म्याद दिएर थापालाई फिर्ता बोलाएको हो ।
राप्रपाका नेता समेत रहेका थापालाई प्रचण्ड सरकारले राजदूत बनाएको थियो । थापा फिर्ता भएपछि रिक्त भएको राजदूत पदमा अञ्जन शाक्यलाई सिफारिस गरिएको छ ।
प्रकाशित मिति : २९ कार्तिक २०७५, बिहीबार १६:५९